औचित्य हुन्छ भने स्थानीय तहलाई स्थानीय सरकार नै भनौला, आपत्ति छैन्ः देउवा

Advertisement

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई स्थानीय सरकार भन्न आपत्ति नरहेको बताएका छन् । नगरपालिका संघको २९औं बार्षिकोत्सवको कार्यक्रममा उनले स्थानीय तहलाई जे भने पनि डेलिभरी राम्रो हुनुपर्ने बताए ।  ‘स्थानीय तह भन्ने कि सरकार भन्ने भनेर प्रश्न उठाउनुभयो, तर नाम होइन, काम गर्ने कुरा मुख्य हो’ देउवाले भने । 

प्रधानमन्त्री देउवालृे स्थानीय तहका जनप्रतिनिधिहरूलाई जनताको दुःख हटाउने गरी काम गर्न आग्रह गर्दै स्थानीय तहका गतिविधि हेरेर नै जनताले सरकारप्रतिको धारणा बनाउने बताए ।

Advertisement

उनले भने, ‘स्थानीय तह नै जनताको नजिकको सरकार हो । स्थानीय तहका गतिविधिकै आधारमा जनताले सरकारप्रतिको धारणा बनाउने हो । त्यसैले जनताको मन जित्ने गरी काम गर्नुस् । जनताका दुःखकष्ट हटाइदिनुस् ।’

सबै नगरपालिकाहरूलाई सहरको मौलिक पक्षमा नकारात्मक असर नपर्ने गरी स्वच्छ, सफा र सुरक्षित सहरको रुपमा विकास गर्नुपर्ने बताउँदै देउवाले स्थानीय तह भन्ने वा स्थानीय सरकार भन्ने विषयमा प्रश्न उठेको भन्दै त्यो अप्ठ्यारो कुरा नभएको बताए ।

Advertisement

Advertisement