एनआईबीएल एस क्यापिटलले गर्यो लगानीकर्ता सचेतनामूलक कार्यक्रम

Advertisement

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलको आयोजनामा पोखरामा अन्तरक्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम संचालन भएको छ । 

उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानीय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गरे ।  

Advertisement

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि पनि प्रदेश स्तरमा सुदुरपश्चिम प्रदेशको धनगढीमा, प्रदेश २ को महोत्तरीमा र लुम्बिनी प्रदेशको नेपालगञ्जमा पनि अन्र्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम सम्पन्न गरिसकेको छ । 

उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तै कार्यक्रम संचालन गरिने समेत क्यापिटलले जनाएको छ ।

Advertisement

Advertisement