पर्यटन प्रर्वद्धनका लागि कञ्चनजंघादेखि हिल्सासम्मको एकल साइकल यात्रा

Advertisement

काठमाडौं । नेपालको साहसिक पर्यटन प्रर्वद्धनका लागि नेपाली साइक्लिस्ट मंगलकुमार लामाले पूर्वको कञ्चनजंघादेखि सुदुरपश्चिमको सिमिकोट हिल्सासम्म एकल साइकल यात्रा गर्ने भएका छन् । 

साईकल यात्रामा निस्कन लागेका लामालाई आइतबार नेपाल पर्यटन बोर्डमा विदाई गरियो । बोर्डको प्रर्वद्धन र  जिएचटी अन व्हीलको आयोजनामा हुन लागेको यो यात्रामा विभिन्न संघसंस्थाहरुको पनि सहयोग छ । लामाको यो यात्रा १७ सय किलोमिटर लामो रहने छ ।  

Advertisement

बोर्डका उपाध्यक्ष चन्द्र रिजालले साहसिक पर्यटन नेपालको पहिचान भएको बताउँदै बोर्डले सिमित स्रोत साधनका बीच काम समग्र पर्यटन प्रर्वद्धनको काम गरेको जानकारी दिए । 

यस्तै बोर्डका निर्देशक मणिराज लामिछानेले साहसिक पर्यटन प्रर्वद्धनका लागि बोर्डले विभिन्न कार्यक्रमरू सञ्चालन गरिरहेको जानकारी दिँदै यो रुटलाई नयाँ प्रडक्टको रुपमा प्रर्वद्धन गर्न र साहसिक पर्यटनमा सहभागीलाई बोर्डले सक्दो सहयोग गर्ने आश्वासन दिए । यस्तै बोर्डका प्रबन्धक अर्चना केसी राणाले यस प्रकारका कार्यक्रमले नेपाली पर्यटनमा नयाँ आयाम थप्ने बताइन । 

साईक्लिस्ट लामाले आफ्नो पहिचानभन्दा पनि देशको पहिचानको लागि आफुले कठिन र जोखिमपूर्ण यात्रामा निस्किन लागेको बताउँदै यस प्रकारका कार्यक्रममा बोर्ड सहित अन्य सरकारी निकायको सहयोग आवश्यक रहेको बताए । 

लामाले चैत्र १८ अर्थात अप्रिल १ गते देखि कञ्चनजंघा देखि साइकल यात्रा शुरु गर्ने र सो यात्रा ६० देखि ७० दिनसम्मको हुने आयोजकले जानकारी दिएका छन् । लामा व्यवसायिक माउण्टेन बाइकर हुन उनले देश तथा विदेशमा आयोजित विभिन्न प्रतियोगितमा भाग लिएका छन् ।

Advertisement

Advertisement