मलद्वारमा लुकाएर ल्याइएको सवा करोडको सुनसहित भारतीय नागरिक पक्राउ

Advertisement

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट सवा करोडको सुनसहित एक व्यक्ति पक्राउ परेका छन् । 

नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएका यात्रु भारतीय नागरिक शुभम् मेहरालाई विमानस्थलको आगमन टनेल गेटबाट आइतबार पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए । 

Advertisement

आगमन भन्सार क्षेत्र नजिकै रहेको शौचालयमा पुर्याई सौच गर्न लगाउँदा उनको मलद्वारबाट हरियो रंगको टेपले बेरिएको सेतो रंगको प्लास्टिक भित्र बेलुन आकार बनाइएको अर्धठोस सुनको २ पोका १२६८ ग्राम सुन (मूल्य १ करोड ८ लाख ४९ हजार ६ सय ४२ रुपियाँ) सहित पक्राउ गरिएको हो ।

भन्सार छलेर ल्याइएको उक्त सुनसहित कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसएसपी ढकालले बताए । 

 
 

Advertisement

Advertisement