विश्व वित्तीय सप्ताहमा बीओकेले सातैदिन गर्यो साक्षरता कार्यक्रम

Advertisement

काठमाडौँ । विश्व वित्तीय सप्ताह २०२२ को सन्दर्भ पारेर बैंक अफ काठमाण्डू (बीओके) ले मुलुकभर विभिन्न स्थानहरुमा ७ दिन (२१–२७ मार्च २०२२) वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गरेको छ । 

बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले मुलुकभरका विभिन्न कलेज तथा स्कुलमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्मार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रम संचालन गरेको हो । 

Advertisement

उक्त कार्यक्रममा बैंकका प्रतिनिधिहरु विभिन्न स्कुल तथा कलेजहरुमा गई कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्मार्थीहरुलाई बैंकिङ तथा वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गरिएको र उक्त कार्यक्रमले विद्मार्थीहरुको वित्तीय तथा बैंकिङ साक्षरता सचेतना अभिबृद्धिमा सहयोग पुगेको विश्वास बैंकले लिएको छ ।

बीओकेले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ । 

Advertisement

Advertisement