टिभिएस एन्टर्क राइड पोखरामा: ९३ जना सहभागी

Advertisement

काठमाडौँ । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले पोखरामा आफ्नो पहिलो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । 

गत चैत्र १२ गते शनिबार आयोजना भएको उक्त राइड पोखराको नयाँबजार स्थित बतास ब्रदर्सको टिभिएस शोरुमबाट शुरु भएर लेकसाइड, हेम्जा हुँदै नौडाँडा स्थित हिमालयन देउराली रिसोर्ट सम्म पुगेको थियो । त्यहाँ सहभागिहरु बीच विभिन्न मनोरन्जनात्मक र अन्तरक्रियात्मक कार्यक्रमहरु गरिएको थियो । 

Advertisement

राइडमा टिभिएस एनटर्कका ९३ जना राइडरहरु सहभागि रहेको जगदम्बा मोटर्सकी स्कुटर सेगमेन्ट हेड करुणा पुडासैनीले जानकारी दिइन् । टिभिएस एनटर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनी बीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उनले बताइन् । 

उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । नेपालमा टिभिएस एनटर्क ५० हजार बिक्री भएको अवसरमा राइड आयोजना गरिएको हो । राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो । विजेतालाई बतास व्रदर्शका सिओओ राजेश रानाभाटले पुरस्कार वितरण गरेका थिए ।

राइडमा प्रसिद्ध मोटो भ्लगर सुरक्षा केसी र पोखराका अरु मोटो भ्लगर्सहरुको पनि सहभागिता  रहेको थियो ।
 

Advertisement

Advertisement