कञ्चनपुरमा डिशहोम फाईवरनेटको शोरुम

Advertisement

काठमाडौँ । डिशहोम फाईवरनेटको बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न लालपुर, कञ्चनपुरमा डिशहोम फाईवरनेट शोरुमको उद्घाटन गरिएको छ । सो शोरुमको सञ्चालन दीपक ईलेक्ट्रोनिकले गर्नेछ ।

शोरुम उद्घ्घाटन  डिशहोमका तर्फवाट सिओओ स्वाईन बिलिङ, सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स  म्यानेजर निर्मल आचार्य,  सेल्स अफिसर कमल रिमाल, सेल्स अफिसर लक्ष्मी राज जोशी र डिलरका प्रोप्राईटर लक्ष्मिदत्त पाण्डेको उपस्थितिमा सम्पन्न भएको थियो ।

Advertisement

विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको दिपक ईलेक्ट्रोनिक्ले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ । 

१०० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको दिपक ईलेक्ट्रोनिकले  अव अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने दीपक ईलेक्ट्रोनिकका सञ्चालक दीपक भट्टले जानकारी दिए ।
 

Advertisement

Advertisement