‘संघीयता आयो’ भनेर राजनीतिक उन्माद छ, तर बोर्ड फेर्नेबाहेक केही परिवर्तन आएको छैन्

Advertisement

काठमाडौं । पूर्वमुख्यसचिव डा. विमल कोइरालाले कुनै पनि राजनीतिक दल संघीयताप्रति समर्पित नरहेको बताएका छन् । राजधानीमा बुधबार आयोजित कार्यक्रममा उनले देश संघीयतामा गयो भन्ने कुरा नारामा मात्रै सिमित भएको बताएका हुन् । 

अझै पनि राजनीतिक दलका नेताहरुको मानसिकता केन्द्रिकृत रहेको बताउँदै कोइरालाले व्यवस्था फेरिए पनि प्रशासकीय संरचनामा हुनुपर्ने परिवर्तन हुन नसकेको बताए । संघीयतामा गयो भनेर बोर्ड फेरिनुबाहेक कार्यालयहरुमा प्रजातन्त्रमा कसरी जनतासमक्ष लैजाने भन्ने चिन्ता र चुनौति कुनै पनि राजनीतिक दलहरुमा नरहेको उनको भनाई छ । 

Advertisement

कोइरालाले संघीयताको कुरा राजनीतिक नारमा मात्रै सिमित भएको बताए । उनले भने, ‘अहिले धेरै व्यवस्थाहरु, संविधानमा धेरै प्रयोगहरु गर्दै अहिले संघीयतामा आयो । यो इन्भल्व भएको हो कि रिभल्व भएको हो ? प्रशासकीय संरचनामा जुन किसिमको इभ्यूलुसन हुनुपर्दथ्यो, वा त्यो आवश्यक थियो, राजनीतिक क्रान्ति नै भएपनि, आन्दोलन नै भएपनि त्यसलाई फिट गर्ने जुन प्रक्रिया थियो त्यो ज्यादै खुकुलो भयो । बोर्ड फेरिएको बाहेक केही छैन, मानसिकता त्यही छ, त्यही मान्छे, त्यही सोचाइ, उसलाई प्रजातन्त्रमा कसरी डेलिभरी गर्नुपर्छ भन्ने चुनौति पनि उसले सम्जिएको छैन ।’

कोइरालाले थपे, ‘राज्य सरकार पनि बेपत्ता निदाएको छ, कति दिनसम्म व्यवस्था परिवर्तन भयो, एउटै खुशी र उल्लासको अवस्थामा रमाइरहेको छ । त्यही राजनीतिक उन्मादमा बस्यो । डेलिभरीको प्याट्रनमा चेन्ज भएन । राणाकालदेखि नै हेर्नुहोस् हाम्रो लवाइखवाई, अफिसमा बोल्ने शैली, सानोले ठूलोलाई नमस्कार भन्नैपर्ने के को परिवर्तन ? खै त परिवर्तन ? नलेज सरकार बाहिर छ के गर्ने भन्ने त्यो नलेजलाई उपयोग गर्न सक्नुपर्छ । आन्तरिकीकरण गर्नुपर्छ । संघीय संरचनामा जाने राजनीतिक नारा भयो । काम के भयो ?’

Advertisement

Advertisement