एमसीसी पास गर्न सक्रिय भूमिका खेलेका गोविन्द बन्दीलाई देउवाले कानूनमन्त्री बनाउँदै

Advertisement

काठमाडौं । अमेरिकी संस्था एमसीसीसँगको सम्झौता पास गर्न सक्रिया भूमिका खेलेका कानुन व्यवसायी गोविन्द वन्दीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री बनाउने तयारी गरेका छन् । 

आज बिहीबार नैसपथ खुवाउने कार्यक्रम रहेको राष्ट्रपतिका स्वकीय सचिव डा भेष अधिकारीले जानकारी दिए । नेकपा एमाले नफुट्दै माधव नेपाल पक्षमा रहेका बन्दीलाई यसअघि पनि मन्त्री बनाउन खोजिएको थियो । 

Advertisement

तर गैरसांसद भएका कारण छ महिनाभन्दा बढी मन्त्री हुन नपाइने र तत्कालिन समयमा सांसद बनाउन सकिने संभावना नभएका कारण रोकेर राखिएको नेकपा समाजवादीका एक नेताले बताए । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई हटाउने कार्यमा पनि बन्दीको महत्वपूर्ण भूमिका रहेको थियो । साथै, संसद विघटन र नयाँ सरकार गठनसम्वन्धी मुद्दामा परमादेशको आदेश हुँदा बहस गर्न सक्रिय भएर लाग्ने वकिल बन्दीलाई मन्त्री बनाउन दिलेन्द्रप्रसाद बडुलाई अर्को मन्त्रालयमा सरुवा गर्न लागिएको छ । बडुले अब उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने छन् । 

Advertisement

Advertisement