प्रेम आलेको कटाक्ष– ओली एक क्विन्टलको ढक हो कि एक ग्रामको, वैशाख ३० मा थाहा हुन्छ

Advertisement

काठमाडौं । संस्कृति, पयटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले नेकपा एमाले एक क्विन्टल हो कि एक ग्रामको ढक हो ? आउँदो वैशाख ३० को स्थानीय चुनावबाट थाहा हुने बताएका छन् । 

शुक्रवारदेखि धनगढीमा सुरु भएको तीनदिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’मा बोल्दै उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका हुन् । ओलीले केही दिनअघि सत्ता गठवन्धनमा रहेका पाँच दल एक–एक किलोको ढक भएको र नेकपा एमाले सिंगै एक क्विन्टल भएको बताएका थिए ।  

Advertisement

ट्राभल मार्ट उद््घाटन गर्दै आलेले सुूरपश्चिम पर्यटनका दृष्टिले अथाह संभावना भएको क्षेत्र भएको र कोभिडपछि पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन लागेको बताउँदै यो मार्टले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन हुने बताए ।

उनले पश्चिममा रहेका प्राकृतिक विविधतालाई मध्यनजर गर्दै आगामी बजेटमा १० अर्बभन्दा धेरै बजेट विनियोजन गर्ने तयारी गरिएको बताए । आगामी आर्थिक वर्षको बजेटमार्फत पश्चिममा रहेका पर्यटकीय स्थलहरुको विकासमा जोड दिने आलेले बताए । 

उनले विगतमा पश्चिमका लागि एक अर्ब रुपियाँ बराबरको समेत बजेट निकासा नभएको अवस्थामा अब भने आफूले धेरै बजेट व्यवस्था गर्न पहल गर्ने र अधिक्रमण भएका धेरै सार्वजनिक जग्गा समेत फिर्ता ल्याउने बताए । 

हालसम्म नेपालबाट मात्र नभई नेपाल बाहिरका पर्यटकले समेत पर्यटन विकासका लागि सहयोग गर्ने ओलेले बताए । उनले जहाँ जे विशेषता छ, सोही ठाउँका मौलिकपनको प्रचार सबैतिर खाँचो रहेको बताए । ओलेले धनगढीबाट सिधै पोखरामा मात्र नभई वीरगञ्जसम्मको सिधा उडान आफ्नै पालामा सञ्चालन गर्ने बताए । 

नाटाका अध्यक्ष रमेश थापाले ५६ वर्षअघि पर्यटन प्रवर्द्धनका लागि स्थापना भएको नाटाले सातै प्रदेशका लागि काम गरिरहेको बताए । उनले विदेशी रकम स्वदेशमा ल्याउन पर्यटन नै उत्तम विकल्प रहेको बताए । 

सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि धनगढीमा तीन दिने ट्राभल मार्ट आयोजना गरिएको हो । 

पर्यटन प्रवर्द्धन गर्न धनगढीमा शुरु भयो  ‘फारवेस्ट ट्राभल मार्ट’

Advertisement

Advertisement