उद्योग बाणिज्य महासंघको साधारणसभाको प्रमुख अतिथि अर्थमन्त्री, प्रधानमन्त्री नभई सभामुख

Advertisement

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारण सभा आज सोमबार काठमाडौंमा शुरु हुंदैछ । सभाको उद्घाटनसँगै उद्योग वाणिज्य दिवस २०७८ को पनि उद्घाटन हुने जनाइएको छ । 

वार्षिक साधारणसभा र उद्योग वाणिज्य दिवसको उद्घाटन सभामुख अग्नि सापकोटामार्फत गराउने तयारी गरिएको छ । व्यवसायीहरुको संस्थाको उद्घाटन प्रधानमन्त्री, उद्योगमन्त्री, अर्थमन्त्रीले गर्ने प्रचलन भए पनि सभामुखलाई बोलाइनु अर्थपूर्ण देखिन्छ । 

Advertisement

सभामा भागलिन मुलुकभरबाट उद्यमी व्यवसायीहरू काठमाडौंमा आएको महासंघले जनाएको छ । सभामा महासंघका सदस्य जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरू, वस्तुुगत संघ, द्विर्राष्ट्रिय उद्योग वाणिज्य संघ, एसोसिएट सदस्यहरू समेत गरी करिव एक हजार पाँच सय उद्यमी व्यवसायीको उपस्थिति रहने छ । 

उद्घाटन पश्चात अहिलेका महत्वपूर्ण विषयहरुमा सरकार, नीति निर्माता, उद्यमी व्यवसायीहरुको सहभागितामा वृहद छलफल गरिने जनाइएको छ । विशेषसत्रमा तरलता एवं वाह्य क्षेत्र व्यवस्थापन, प्रतिस्पर्धी उत्पादनमुलक उद्योग र वैदेशिक लगानीको सम्भावना र चुनौती विषयमा छलफल गरिने छ । 

विक्रम सम्वत २०२२ सालमा स्थापना भएको नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो स्वर्ण वर्ष मनाई सकेको छ । महासंघको सदस्य पछिल्लो तथ्यांक जिल्ला नगर वाणिज्य संघ ११८, वस्तुुगत संघहरु १२३, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ २०, एसोसिएट सदस्य १७४८ रहेको छ ।    

Advertisement

Advertisement