काठमाडौंको खाली जग्गा भूमाफियाका कब्जामा छ, नियन्त्रण गर्न नसके  खाली ठाउँ रहन्नः देउवा

Advertisement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरुका कब्जामा रहेको बताएका छन् । 

मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा उनले काठमाडौंका खाली ठाउँहरुमा भूमिाफयाहरुले आफ्नो नाममा लिने काम भइरहेको भन्दै यसमा सचेत भएर काम गर्नुपर्ने बताएका हुन्  । 

Advertisement

यसलाई नियन्त्रण गर्न नसके भविष्यमा काठमाडौंमा खाली ठाउँ नहुने देउवाको भनाई छ । उनले काठमाडौंमा फोहोरको समस्या जटिल बन्दै गएको भन्दै फोहोरबाट विद्युत र ग्यास निकालेर व्यवस्थापन गर्नुपर्ने बताए । देउवाले फोहोर व्यवस्थापन हुन नसक्दा सरकार नै लाजमर्दो भइरहकेो बताए । 

उनले, ‘अहिले काठमाडौंमा जुन किसिमको फोहोर नै फोहोर छ । व्यवस्थापन भएको छैन् । फोहोर थुप्रिएको छ । फोहोर व्यवस्थापन गर्न जरुरी छ । ग्यास निकाल्न सकिन्छ । बिजुली निकाल्न सकिन्छ । मैले आफैँले देखेर आएको छु धरानमा । फोहोरका थुप्रोलाई व्यवस्थित गरेर बिजुली निकाल्ने सम्भावना छ । विदेशी राजदूतहरुले पनि हामी त्यसको लागि काम गर्न तयार छौँ भनेका छन् । अर्को कुरा भूमाफियाहरुले जथाभावी ठाउँठाउँमा जग्गा हडप्दै गएका छन् । जसले पनि आफ्नो नाममा गरेका छन् । यसमा पनि ध्यान दिनुपर्नेछ । नत्र भोलि काठमाडौंका कुनै ठाउँ बाँकी हुने छैनन् ।’

प्रधानमन्त्री देउवाले अहिले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहीतालाई ध्यान दिएर मात्रै काम गर्ने प्रतिवद्धता जनाए । 

Advertisement

Advertisement