दक्षिण कोरियाली आरोही सातौं पटक ल्होत्से आरोहण गर्न नेपाल आए

Advertisement

काठमाडौं । प्रख्यात दक्षिण कोरियाली आरोही सुङ तेक होङले दक्षिणी मोहोडाबाट ल्होत्से हिमाल (८,५१६) सातौँ पटक आरोहण गर्न भोलि बुधबार लुक्ला जाने भएका छन् । 

राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा ५५ बर्षीय होङले ल्होत्से हिमाल सातौँ पटक दक्षिणी मोहोडाबाट आरोहण गर्न लागेको जानकारी दिए । 

Advertisement

ल्होत्से हिमाल आरोहण टिममा उनीसँगै आठ सदस्य छन् । ती सदस्यहरुमा म्युङ सुक कोह, ब्योङ ताए, जुपिल पार्क, नाक्जोङ सोङ, जाए चुल किम, योर्गे एगोक्सेरागा रोड्रिग्वेज र भादिम पिर्मिन ड्रुले छन् ।

सेभेन समिट ट्रेक्सका अनुसार आरोहण अभियानको व्यवस्थापन गर्ने र आरोही सुङसँगै थप शेर्पा आरोही पनि सहभागी हुनेछन् । ल्होत्से हिमाल विश्वको चौथो अग्लो हिमाल हो । आरोहणका हिसाबले यो विश्वकै सबैभन्दा कठिनमध्येको एक हिमाल हो ।

होङ दक्षिण कोरियाका  पर्वतारोही, साहसी, अन्वेषक र लेखक पनि हुन् । उनले तीनवटै ध्रुवमा पुगेर बेरिङ स्ट्रेट र ग्रीनल्याण्ड पार गरिसकेका छन्।

होङ सन् १,९९५ मा सगरमाथाको चुचुरोमा पुगेका थिए । उनी १९९४ मा दक्षिणी ध्रुवमा स्किइङ र सन् २००५ मा उत्तरी ध्रुवमा हिँडेर पुगेका थिए ।

Advertisement

Advertisement