सगरमाथा आरोही शर्मिला तामाङ कञ्चनजङ्घा हिमाल आरोहण गर्दै

Advertisement

काठमाडौं। सगरमाथा आरोही शर्मिला स्याङ्तान तामाङले विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंगा (८,५८६ मिटर) आरोहण गर्ने भएकी छन् । 

काभ्रे रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया स्याङ्तानले अबको केही दिनमा कञ्चनजंगा आरोहण गर्ने जानकारी दिइन् । उनले यसअघि अन्नपूर्ण हिमाल आरोहण गरेकी थिइन् । 

Advertisement

स्याङताङले विश्वका आठ हजार मिटरभन्दा बढी उचाइका १४ वटा हिमाल आरोहण गर्ने योजनामा छिन् । बुधबार नेपाल पर्वतारोही संघले स्याङ्तान, सगरमाथा आरोहणको तयारीमा रहेका फरक क्षमताका सागर सुनार (विश्वकर्मा), दृष्टिविहीन अमित केसी, विश्वका सात महाद्वीपका सात सर्वोच्च शिखरहरुमध्ये चार वटै अग्लो हिमाल आरोहण गरेका नरबिन राना मगर, स्वर्गीय विश्व कीर्तिमानी आरोही आङ रिता शेर्पाका नाती तेन्जिङ जाङ्बो शेर्पालाई झण्डा हस्तान्तरण गर्दै बिदाई गर्यो  । 

तामाङले सगरमाथापछि युरोपकै अग्लो एलब्रुससहित मनास्लु, जुगललगायत हिमाल आरोहण गरेकी छन्। उनले भनिन, ‘महिलालाई पर्वतारोहणमा पुरुषसरह सहभागी गराई आर्थिक रूपमा आत्मनिर्भर गराउने, नेपालको ंप्रकृतिलाई विश्वसामु चिनाउन भूमिका निर्वाह गर्ने उद्देश्य छ ।’

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उनलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै कञ्चनजङ्घा हिमाल आरोहणको सफलताको लागि शुभकामना दिएका थिए । 

Advertisement

Advertisement