स्थानीय चुनावअघि नै सत्ता गठवन्धन टुट्ने ज्ञवालीको दावी

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय चुनावी गठबन्धनमा जुटेको सत्तारुढ दलहरु भित्रै पहिरो जान सुरु गरेको दावी गरेका छन् ।

भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरु आफैं अत्तालिएको अवस्थामा रहेको उनले बताए । नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार गरेको कार्यक्रममा ज्ञवालीले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरु तलसम्मै एकतावद्ध भएर जाने अवस्था नरहेको पटकपटक दोहो¥याए । 

Advertisement

गठबन्धनका लागि नेपालगंजमा जसपाले नमानेको, पर्साका काँग्रेसहरु आफै असहमत रहेको, रोल्पामा हुँदैन भनेर वक्तव्य आउनेवाला रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा सत्तारुढ दलहरुलाई बलियो शक्ति मान्ने कुरा भ्रममात्रै हुने बताए । 

नेता ज्ञवालीले सत्तारुढ दलहरु कमजोर रहेकाले नै अरु दलको सहारा लिन गठबन्धनमा गर्न बाध्य हुनुपरेको तर्क समेत गरे । उनले भने, ‘सत्तारुढ पाँच दलीय गठबन्धनले हामीलाई अप्ठयारो पार्छ कि भन्ने खालको जुन मनावैज्ञानिक दबाब सिर्जना गर्न खोज्याछन । त्यो भ्रमबाट मुक्त हुन म सबै कमरेडहरुलाई आग्रह गर्दछु । पहिलो कुरा, गठबन्धन कुनै शक्तिको, सवलताको, सक्षमताको प्रतिक होइन । यो दूर्वलताको प्रतिक हो । बलियोले लटठी टेक्दैन । बलियोले बैशाखी टेक्दैन । कमजोरले मात्रै बैशाखी वा लटठीको सहारा लिन्छ । कमजोरले मात्रै गठबन्धन गर्छ । बलियोले गठबन्धन गर्दैन् । सत्ताले प्रतिपक्षसँग गठबन्धन गर्दैछ भनेपछि आधा लडाईँ त हामीले त्यसै जित्यौं ।’ 

ज्ञवालीले थपे, ‘यो गठबन्धनलाई कुनै पनि भयको रुपमा लिन जरुरी छैन् । विगतमा गठबन्धनसँगै लडेर हामीले ४१ प्रतिशत जित हासिल गरेका थियौं । उनीहरुले जतिसुकै प्रयास गरेपनि गठबन्धन तलसम्म एकतावद्ध गरेर लैजाने अवस्था छैन । यही कारणले उनीहरु अत्तालिएका छन । तर जतिसुकै गरेपनि उनीहरुले यो गठबन्धनलाई तलसम्म एकतावद्ध बनाएर लैजाने अवस्था छैन । गठबन्धनमा पहिरो जान सुरु गरिरहेको अवस्था छ । नेपालगंजमा जसपाले मान्दिन भन्यो । पर्सामा काँग्रेसले सम्भव छैन भन्यो । रोल्पामा हुँदैन भनेर आजभाली नै वक्तव्य आउने अवस्था छ । अरु धेरै ठाउँमा यो पहिरो जानेवाला छ । चितवनका काँग्रेस के गर्छन, यो उनीहरुको कुरा हो । तर, जे हुँदा पनि हामीलाई पोलिटिकल्ली, मोरल्ली र गणितीय रुपमा पनि हामी हिसावकिताव लिन्छौं ।’

उनले सबै तहको निर्वाचनमा आफ्नो पार्टीले राजनीतिक, नैतिक तथा गणितीय रुपमा पनि जित हासिल गर्ने निश्चित भएको भन्दै सोही अनुसारको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । 

Advertisement

Advertisement