महालक्ष्मी लाइफका क्षेत्रीय प्रमुखहरुलाई दिइयो सम्पत्ति शुद्धीकरण तालिम

Advertisement

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले क्षेत्रीय प्रमुखहरुको दुई दिने तालिम काठमाडौँमा सम्पन्न गरेको छ। होटल यात्री ठमेलमा बैशाख ६ र ७ गते सम्पन्न उक्त तालिममा देशैभरीका १५ जना क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख र एरिया शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । 

बैशाख ६ गते संचालित कार्यक्रममा कम्पनीको बर्तमान व्यवसायिक स्थिति, पूँजी बृद्धि पछिको व्यवसायिक रणनीति र २०७८÷७९ को व्यवसायिक लक्ष्य विषयमा छलफल भएको थियो । उक्त दिनको कार्यक्रममा १५ वटै प्रमुख, उप प्रमुखहरुले आ–आफ्नो क्षेत्रको व्यवसायिक अवस्था र २०७९ असारसम्मको लक्ष्य विषयमा विस्तृत प्रतिवेदन पेश गरेका थिए । 

Advertisement

कार्यक्रममा सहभागिहरुको क्षमता अभिवृद्धिको लागि प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई, नायव प्रमुख कार्यकारी अधिकृतद्वय कमल पन्थी र रामेश्वर श्रेष्ठ तथा चिफ मार्केटिङ अधिकृत प्रशान्तराज धमलाले छुट्टा छुट्टै विषयमा प्रशिक्षण प्रदान गरेका थिए । 

त्यसैगरी बैशाख ७ गते संचालित कार्यक्रममा सहभागिहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा तालिम प्रदान गरिएको थियो । 

नेपालमा  कुन कुन अपराधिक क्रियाकलापबाट गैरकानुनी रुपमा रकम आर्जन गरिन्छ, त्यसलाई वित्तीय क्षेत्रको विभिन्न निकाय मार्फत कसरी शुद्धीकरण गरिन्छ, यस्को रोकथामको उपायहरु र रिपोर्टिङ गर्ने तरिका बारेमा विस्तृत तालिम प्रदान गरिएको थियो । 

कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवरणको महत्व बारेमा प्रमुख कार्यकारी अधिकृत भट्टराईले प्रकाश पारेका थिए । र्त्यसैगरी कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत पन्थीले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । 

Advertisement

Advertisement