पुनः मेयर उठन पाइने आशामा विद्यासुन्दरले आफ्नो नाममा रहेको एक करोड ३९ लाख बेरुजु बुझाए

Advertisement

काठमाडौं । पुनः मेयरमा उठ्न पाइने आशामा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो नाममा रहेको एक अर्ब ३९ लाख रुपियाँ बेरुजु रकम बुझाएका छन् । 

महालेखापरीक्षकको कार्यालयको आग्रहमा निर्वाचन आयोगले जारी गरेको नयाँ आचारसंहितामा गैरकानुनीरुपमा पेस्की तथा भत्ताहरु लिने जनप्रतिनिधिहरुले पुनः उम्मेदवारी दिन नपाउने व्यवस्था गरेकाले शाक्यले केही दिनअघि उक्त रकम बुझाएर बेरुजु फच्र्यौट गरेको प्रमाण लिन महालेखापरीक्षकको कार्यालय पुगेका थिए । 

Advertisement

बेरुजु रकम बुझाए पनि उनको पार्टीले शाक्यलाई पुनः मेयरको उम्मेद्वारको रुपमा प्रस्तुत गर्न अस्वीकार गरेको छ । मेयरको संभावित उम्मेदवारहरुमा शाक्यको पनि नाम थियो । उनले आफूले अहिलेसम्मकै राम्रो काम गरेको भन्दै आफू नै पुनः उम्मेदवार हुने दावी गर्दै आएका थिए । पुनः उम्मेदवार हुने आशामा उनले हतार हतार आफ्नो नामको बेरुजु फरफारक गरे पनि उम्मेदवार हुन भने बन्चित भएका छन् । 

निर्वाचन आयोगको नयाँ नियमका कारण धेरै जनप्रतिनिधि रकम बुझाउँदै आफ्नो नामको बेरुजु फरफारक गर्न आएको महालेखापरीक्षकको कार्यालय स्रोतले जानकारी दियो । स्रोतले आफूहरुले दिएको सुझावलाई आयोगले मनन गर्दै आचारसंहितामा राखेकाले जनप्रतिनिधिहरुले अनधिकृतरुपमा लिएको रकम राज्य कोषमा फिर्ता गर्न बाध्य भएको जानकारी दिँदै यसबाट कति रकम फिर्ता आयो ? हिसाव गर्न बाँकी रहेको जानकारी दिए । 

आयोगले यो कुरालाई आचारसंहितामा नराखेको भए पनि सरकारलाई लेखेर पठाउने तयारीमा आफूहरु रहेका थियौं भन्दै कार्यालय स्रोतले आफूहरुले स्थानीय तहसम्मको लेखापरीक्षण गर्न थालेपछि आर्थिक अनियमितता र मनलाग्दी खर्च गर्नेहरुमा त्रास बढेको बताए । 

Advertisement

Advertisement