महालक्ष्मी विकास बैंकका ग्राहकलाई आँगन रेष्टुरेन्टमा  छुट दिने सम्झौता

Advertisement

काठमाडौँ । महालक्ष्मी विकास बैंक र भैरहवामा अवस्थित आँगन रेष्टुरेन्ट एण्ड थकाली घरबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

Advertisement

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।त्कार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

बैंकले कूल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्रहकहरुलाई वित्तीय सेवाहरु गर्दै आएको जनाएको छ । 
 

Advertisement

Advertisement