पर्यटक आगमनमा सन्तोषजनक प्रगति, हिमाल आरोहण र पदयात्रामा बढी
File Photo

Advertisement

काठमाडौं। कोरोना कहर कम हुँदै गर्दा विदेशी पर्यटनको आगमनमा पनि वृद्धि हुँदै गएको देखिएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकले उल्लेख्यरुपमा पर्यटक बढेको देखिएको हो । 

सन् २०२१ को अप्रिलमा २२ हजार ४५० पर्यटक आएकोमा २०२२ को अप्रिलमा ३८ हजार ८७१ पर्यटक नेपाल भित्रिएका छन्। गत मार्च महिनामा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक नेपाल आएका थिए । 

Advertisement

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटन बोर्डको रणनीतिक बजारीकरण र व्यवसायीहरुको कडा परिश्रमको फलस्वरुप पर्यटक आगमन वृद्धि हुने क्रम जारी रहेको बताए । उनले हाल पर्वतारोहणको सिजन सुरू भएको र हिमाल चढ्ने, पदयात्रामा जाने सिजन भएकाले पर्यटकको संख्या बढी हुनु स्वाभाविक भएको बताए । 

लामिछानेले भने, ‘पर्यटन क्षेत्र चलयामान हुँदै गएको छ। अघिल्ला वर्षको तुलनामा मार्च र अप्रिलमा पर्यटकको आगमन राम्रो र उत्साहजनक देखिएको छ। पर्यटन गतिविधि रिभाइभ हुने क्रम बढेको छ। यो राम्रो संकेत हो ।’ अघिल्ला वर्षको तुलनामा यस वर्ष पर्यटक आगमन १५९ प्रतिशतले रिभाइभ भएको उनले बताए । 

बोर्डले समक्षा अवधिमा भारतबाट मात्र २२ हजार ४७७ पर्यटक नेपाल आएका छन् । त्यस्तै, अमेरिकाबाट छ हजार ९५४, बंगलादेशबाट एक हजार ५३७, चीनबाट २८१ जना, बेलायतबाट पाँच हजार २५२, जर्मनीबाट दुई हजार ९७, फ्रान्सबाट एक हजार ९२२, अष्टे्रलियाबाट दुई हजार ७२६, क्यानाडाबाट एक हजार २८ जना पर्यटक आएका छन् ।

Advertisement

Advertisement