फिफा विश्वकप ट्रफीको रिप्लिका र २११ देशको झण्डासहित सगरमाथा आरोहण गर्दै नर्विन

Advertisement

काठमाडौं। कान्छा आरोही नर्विन रानामगरले फिफा विश्वकप ट्रफीको रिप्लिका र २११ सदस्य राष्ट्रहरुको झण्डा लिएर सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न जान लागेका छन् । 

उनले विश्वकप ट्रफीको रिप्लिका र २११ देशको झण्डा सगरमाथाको सफल आरोहणपछि सात महादेशका अग्ला शिखरहरूमा पुर्याउने योजना समेत बनाएका छन् । सगरमाथा आरोहणका लागि रानामगर अबको केही दिनमा लुक्ला हुँर्दै सगरमाथा आधार शिविर जाने तयारीमा छन् । उनले सगरमाथाको दुई पटक सफल आरोहण गरिसकेका छन् ।

Advertisement

सगरमाथाको चुचुरोबाट ‘फिफा विश्वकप २०२२’ को आधिकारिक गीत सार्वजनिक गर्न लागेका रानामगरले कर्पोरेट नेपालसँग भने, ‘फिफा विश्वकप २०२२ को गीतको लिरिक्स मैले लेखेको छु । गीत चाँहि गायक पूर्ण राईले गाउनुभएको हो । नेपाली खेलकुद र पर्यटन क्षेत्रलाई विश्वसामु अझै परिचित गराउने र विश्व जलवायु परिवर्तनका कारण हिमाल पग्लिरहेकोले त्यसलाई रोक्न सन्देश दिने मेरो अभियानको मुख्य उद्देश्य छ। 

फिफा विश्वकपमार्फत सबैलाई जोड्र्दै हिमालय क्षेत्रमा विश्व तापक्रममा भएको वृद्धिको प्रभावबारे सचेतना फैलाउने लक्ष्य समेत राखेका उनले बताए । सेभेन समिट फर फिफा वर्ल्डकप २०२२ नाम दिएर अभियानको थालनी गरेका रानामगरले आरोहणपछि उक्त ट्रफी, झण्डा आरोहणका क्रममा उपयोग भएका सामाग्रीहरु म्युजियममा हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिए ।

उनले कोरोनाका कारण खेलकुद, अर्थतन्त्र र पर्यटन क्षेत्रलाई नराम्रो असर गरेको अवस्थामा ती क्षेत्रलाई आफ्नो अभियानले टेवा पुग्ने उनको विश्वास छ । रानामगरले विश्वको सबैभन्दा धेरै मानिसहरुको ध्यान अहिले फुटबलमा रहेको भन्दै विश्व शान्तिको लागि नेपालको तर्फबाट आफूले प्रतिनिधित्व गर्न लागेको पनि बताए । 

नेपालमा पर्यटनसम्बन्धी धेरै विषयको कोर्ष आफूले पूरा गरेको उनको भनाई छ । रानामगरले चार महादेशको हिमालहरु आरोहण गरिसकेको पनि बताए । सोलुखुम्बुका २३ वर्षीय आरोही नर्विन रानामगर संसारकै सबैभन्दा कान्छो पर्वतारोही पनि हुन् । 

उनले हालसम्म सगरमाथा, मनास्लु, किलिमञ्जरो, अफ्रिकाको भ्दिचगक, युरोपको माउन्ट एल्ब्रस, दक्षिण अमेरिकाको माउन्ट एकोनकागुआ लगायतको सफल आरोहण गरिसकेका छन् ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सगरमाथा आरोहणको तयारीमा रहेका रानामगरलाई ‘फिफा वर्ल्डकप ट्रफिको रिप्लिका’ हस्तान्तरण गर्दै बिदाई गरेका छन् । त्यस्तै, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले पनि उनलाई शुभकामना दिँर्दै बिदाई गरेका छन् । नेपाल पर्वतारोही संघले पनि आफ्नो झण्डा उनलाई हस्तान्तरण गरेको छ । 

Advertisement

Advertisement