नेपाल लाइफ २२औं वर्षमा प्रवेश, ३०२ जनाले गरे रक्तदान

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको २१ वर्ष पूरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । 

कम्पनी विस २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाईसेवा प्रदान गर्दै आइरहेको छ । 

Advertisement

२२ औं वार्षिकोत्सवको अवसरमा नेपाल लाइफले देशभरी विभिन्न ९ ठाउँमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

‘रक्तदान जीवन दान’ भन्ने अभिप्रायले प्रेरित उक्त कार्यक्रममा अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी जम्मा ३०२ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ । 

सो अवसरमा कम्पनीमा अविछिन्न रुपमा दुई दशक तथा एक दशक सेवा गर्ने कर्मचारीहरुलाई प्रशंसा पत्रका साथ सम्मान गरेको छ । 

कम्पनीको प्रधान कार्यालय तथा विभिन्न क्षेत्रीय, शाखा, उप–शाखा कार्यालयले वार्षिकोत्सवलाई भब्य बनाउन अन्य गतिविधि तथा कार्यक्रमहरु गरिएको कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement