भारतबाट नेपाल भित्र्याउँदै गरेको रु. २८ लाख बढीको सुनसहित एक पक्राउ

Advertisement

काठमाडौँ । प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको रु. २८ लाख बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । 

पक्राउपर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका-२ बस्ने ३३ वर्षीय धीरेन्द्र जैसी रहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

Advertisement

जैसीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मंगलबार मेचीनगर–६ स्थित पुरानो मेची पुलछेउबाट पक्राउ गरेको हो । जैसीको साथबाट बरामद गरिएको ३४९ दशमलव ७०० ग्राम सुन हालको बजार मूल्यअनुसार रु. २८ लाख ८७ हजार १८२ रकम बराबरको रहेको १ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईले बताए । 

पक्राउ गरिएका जैसीलाई सुनसहित मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ । 

Advertisement

Advertisement