राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मुलकोटको अक्क्षित रिसोर्टमा २० प्रतिशतसम्म छुट

Advertisement

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक र सिन्धुली मुलकोटमा रहेको अक्क्षित रिसोर्ट एण्ड र्याफिटिङबीच २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र रिसोर्टका प्रोपाइटर रश्मी वस्नेतले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले डिजिटल माध्यम (मोवाइल बैंकिङ, एटिएम कार्ड, क्रेडिट कार्ड, कनेक्ट आइपिएस) बाट रकम भुक्तानी गर्दा रिसोर्टले पेय पदार्थमा १० प्रतिशत, खानामा १५ प्रतिशत र कोठामा २० प्रतिशत छुट प्रदान गर्नेछ ।

Advertisement

कार्यक्रममा बैंकका विभागीय प्रमुखहरु दुर्गाकुमारी कँडेल, सरोज वस्नेत, रिसोर्टका रामप्रसाद नेपाल लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा एटिएम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

Advertisement

Advertisement