इसेवाले ल्यायो ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना

Advertisement

काठमाडौँ । भुक्तानी सेवा प्रदायक इसेवाले ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना सार्बजनिक गरेको छ । इसेवाले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले यो योजना सार्बजनिक गरेको हो । 

यो योजना भदौ ५ गतेसम्म सञ्चालन हुनेछ । यस योजनामा इसेवाबाट कुनैपनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिहरुमध्येबाट बम्पर उपहारमा  एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्नेछन् । 

Advertisement

यस्तै उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि रु २०/२० हजार नगद उपहार प्राप्त गर्नेछन् । यसैगरि योजना सञ्चालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरु मध्येबाट हरेक दिन एक जनाले गोलाप्रथा मार्फत एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । यो योजना नेपालमा सञ्चालिन सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागु हुनेछ । 

इसेवाले पछिल्ला दिनमा इन्स्योरेन्स्को प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सार्बजनिक गर्दै आएको छ ।  
 

Advertisement

Advertisement