बञ्चरेडाँडाका स्थानीयले गरे सडक अवरोध, फोहोरका गाडी छिर्न दिइएन्

Advertisement

काठमाडौँ । सरकारले प्रहरी प्रशासनको बलमा बञ्चरेडाँडामा फोहोर फाल्न शुरु गरेपछि स्थानीय वासिन्दा थप आक्रोशित बनेका छन् । आफूहरुका माग सम्बोधन नगरी फोहोरका गाडी नपठाउन चेतावनीसहित सडकमा अवरोध सिर्जना गरेका हुन् । 

मंगलबार बिहानदेखि ठूलो मात्रामा प्रहरी परिचालन गरी काठमाडौंको फोहोर बञ्चरेडाँडामा फाल्न थालिएको थियो । 

Advertisement

शहरी विकास मन्त्रालयमा बुधबार आयोजित छलफल कार्यक्रममा धादिङको धुनिबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका स्थानीयबासी र जनप्रतिनिधिहरूले बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा बिसर्जन गर्न नदिने अडान राखेका थिए । स्थानीय क्षेत्रमा बासिन्दालाई उचित क्षतिपूर्ति, मुआब्जा र विभिन्न पूर्वाधारहरुको सुनिश्चितता नगरेसम्म दीर्घकालीन रुपमै फोहोर व्यवस्थापन गर्न नदिने उनीहरुको अडान थियो । 

उक्त अवसरमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी थिइन् । काठमाडौंको फोहोर नउठेर समस्या सिर्जना भएपछि आकस्मिक रूपमा फोहोर खसालिए पनि स्थानीयका मागप्रति सरकार प्रतिबद्ध रहेको उनको भनाई थियो । 

Advertisement

Advertisement