देवीप्रसाद र गंगादेवीले शुरु गरे एक करोड लगानीमा बाख्रापालन

Advertisement

तनहुँ । गंगादेवी बाख्रा फार्म सञ्चालक देवीप्रसाद र गंगादेवी अधिकारीले बाख्रापालनबाट राम्रो कमाइ गर्दै आएका छन् । 

रु डेढ लाख लगानी गरेर आठ बाख्राबाट व्यवसाय सुरु गरेका अधिकारी दम्पतिले अहिले रु एक करोड बढी लगानी गरिसकेका छन् । व्यास नगरपालिका–४ स्थित चरेखोल्सीमा करिब ३६ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका घाँस लगाएर व्यवस्थित तरिकाले बाख्रापालन गरेका हुन् । 

Advertisement

हालसम्म बैंकको ऋण, अनुदान र आफ्नो लगानीसमेत गरी करिब रु एक करोड लगानी भएको फार्म सञ्चालक गङ्गादेवीले जानकारी दिइन् । करिब एक सयको हाराहारीमा बाख्रा छन् । अष्टे«लियाबाट रु तीन लाख मूल्यमा एक बोका खरिद गरेर ल्याएको फार्म सञ्चालक देवीप्रसादले बताए ।  

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको रु बीस लाख पचास हजार अनुदान दिने भएकाले हालै मात्र सम्झौता गरिएको उनले जानकारी दिए । रासस 

Advertisement

Advertisement