नेपाल बैंकले सौराहामा गर्यो गण्डकी र सुदुरपश्चिम प्रदेशको बजेट गोष्ठी

Advertisement

काठमाडौँ । नेपाल बैंकले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले  गण्डकी र सुदुरपश्चिम प्रदेशकोे प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । 

जेठ १९ गते देखि २१ गते सम्म चितवनको सौराहामा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, गण्डकी र सुदुरपश्चिम प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका ४५ जना शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो । 

Advertisement

प्रधान कार्यालय बजेट तथा योजना बिभाग र तालिम तथा बिकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागि शाखा प्रबन्धकहरुलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धी तालिम समेत प्रदान गरिएको थियो । 

बैंक व्यवस्थापनले शाखाहरुसंग अन्तक्रिया गरि शाखा प्रबन्धकहरुबाट प्राप्त सल्लाह एवम् सुझावहरु समेतलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारिता बढि हुने साथै आगामी आर्थिक बर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङ्मा बढावा दिने लगायतका विषहरुमा छलफल गरिएको थियो ।  

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ् क्षेत्रकै  क्रिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मेहनेतले गर्दा नेपाल बैंक आज अत्यन्त सबल र प्रतिस्पर्धी बैंकको रुपमा अगाडि आएको  बिचार व्यक्त गरे ।

बैंकका प्रवक्ता तथा सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी, योजना तथा बजेट बिभागकी मुख्य प्रबन्धक प्रतिभा डंगोल, गण्डकी प्रदेश प्रमुख प्रतिमा श्रेष्ठ, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कंडेल, तालिम तथा बिकास डिभिजन प्रमुख श्रीप्रसाद सिवाकोटी, सुदुरपश्चिम प्रदेश प्रमुख बिश्वराज भण्डारी लगायतको सहभागिता रहेको थियो ।

नेपालभर २१७ शाखाहरु, १७९ एटिएम साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको बैंकले जनाएको छ । 

Advertisement

Advertisement