आइएमई पे मार्फत ‘फुडमान्डु’को भुक्तानीमा १५ प्रतिशत क्यासब्याक

Advertisement

काठमाडौं ।  आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित आइएमई पे र 'फुडमान्डु' बीच सम्झौता भएको छ । 

सम्झौता अनुसार जेठ २३ गतेदेखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ । 

Advertisement

‘३ को कमाल, क्यास ब्याकले धमाल’ नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५ प्रतिशत क्यासब्याक पाउनेछन् । 

यो क्यासब्याकको सीमा रु. ५०० सम्म मात्र हुने कम्पनीले जनाएको छ ।  
 

Advertisement

Advertisement