सूर्या लाइफको बिजनेश बिल्डिङ सेमिनारमा तीनसय अभिकर्ता सहभागी

Advertisement

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले बागमति प्रदेश स्तरिय विजनेस बिल्डिङ सेमिना ३०० भन्दा बढी अभिकर्ताहरुको सहभागितामा सम्पन्न गरेको छ । 

बागमति प्रदेश प्रमुख शुशिल चापागाईंको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले गरेका थिए ।  

Advertisement

कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल,  कामु सहायक महाप्रबन्धक मेघेन्द्रप्रकाश गिरी, ट्रेनिङ प्रमुख प्रमोद सापकोटा लगायत पेशागत अभिकर्ता संघका अध्यक्ष रामबहादुर तामाङको आतिथ्य रहेको थियो । 

उक्त कार्यक्रममा जीवन बीमाको अभिन्न अङ्गको रुपमा मानिने बागमती प्रदेशका अभिकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा २०२३ को एमडीआरटीहरुलाई सम्मान गर्दै, चौथो त्रैमासिकको हालसम्म बागमति प्रदेश अन्तर्गत आफ्नो व्यक्तिगत कोडमा अधिकतम बिमाशुल्क हसिल गर्न सफल २५ जना अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

साथै देशैभरीबाट बैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताहरुबाट लक्की ड्र गरी ३ जना भाग्यशाली विजेताहरुको घोषणा गरिएको थियो । लक्की ड्रमा  भैरहवा शाखाबाट शोभा जिसिले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वितीय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रन्जिता बुढाथोकीले तृतीय पुरस्कार मोबाइल जित्न सफल भएका थिए ।

जीवन बीमा क्षेत्रमा अभिकर्ता पेशालाई थप प्रभावकारी, व्यावसायिक र मर्यादित बनाउने अभियान स्वरुप सूर्या लाइफले ‘मेरो पहिलो पोलिसी’ अभियान सुरु गरेको छ । जस अन्तर्गत, अभिकर्ताले हासिल गरेको आफ्नो पहिलो पोलिसी यादगार रहोस भन्ने कामना सहित नयाँ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । 

बागमति प्रदेश प्रमुख चापागाईं र बरिष्ठ सहायक महाप्रबन्धक ढकालले बीमा बजारको हालको अवस्था, चुनौति र समाधानका साथै मार्केटिङ सम्बन्धी तालिम दिएका थिए  भने सीईओ खड्काले कुनै पनि व्यवसायमा सफल हुन निरन्तरता, धैर्यता र लगनशीलता ३ महत्वपूर्ण मन्त्र रहेको कुरा जानकारी गराए । 
 

Advertisement

Advertisement