सिटी एक्सप्रेसले शौचालयलाई निःशु्ल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने

Advertisement

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले  कमलादी, काठमाडांै स्थित प्रमुख कार्यालयको शौचालयलाई निःशु्ल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ । 

काठमाडौं महानगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउनको लागि होटल तथा अन्य संस्थाहरुलाई कार्यालयमा भएको शौचालयलाई सार्वजनिक बनाउन आह्वान गरेको थियो । 

Advertisement

सोही निर्णय बमोजिम सिटी एक्सप्रेसले ऐक्यवद्धता जनाउदै आफ्नो प्रमुख कार्यलयको भुइतल्लामा अवस्थित शौचालयलाई निःशुल्क रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिइने भएको हो । 

काठमाडौँ महानगर प्रहरी बलका प्रमुख धनपती सापकोटाद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफरका चिफ बिजनेस अफिसर श्याम लामिछानेलाई संकेत बोर्ड हस्तान्तरण गरिएको छ ।   
 

Advertisement

Advertisement