अन्तर्राष्ट्रिय गुणस्तरको छबि बनाउँदै सिजी बाण्ड, यस्ता छन् प्रिमियम प्रोडक्ट

Advertisement

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत इलेक्ट्रोनिक्स जगतमा सिजी ब्राण्ड एउटा छुट्टै पहिचानका साथ स्थापना गरिएको छ । सिजी ब्राण्ड विषेशगरी सम्पूर्ण नेपालीहरुलाई मध्यनजर गरी प्रिमियम प्रोडक्ट उचित बजेटमा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हो ।

सन् २००५ देखि सिजीले टेलिभिजन र डिभिडिहरु आफ्नै देशमा बनाउने र विक्री वितरण गर्न सुरु गर्यो । आफ्नै देशमा बनाउने हुनाले सिजीमा नेपालीपन झल्किन्छ । सफलतापूर्वक सिजीले आफ्ना सामाहरु बजारमा विक्री वितरण गर्न सुरु गरेपछि सिजीले आफ्ना सामानहरुमा अझै बढि रेन्जहरु थप्दै गयो । 

Advertisement

जसमा होम इन्टरटेन्मेन्ट, होम अप्लाईनसेस, एसी, साना घरायसी सामानहरु, सिएफएल बल्भ, एलईडि टिभी, एलईडि लाईटस्, अडियो सिस्टम, सोलार, चिम्नी जस्ता सामानहरु रहेका छन् । छोटो समयमा नै सिजीले धेरै भन्दा धेरै सामानहरु आफ्नो ब्राण्डमा ल्याई फलस्वरुप नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बन्न सफल भयो ।

नेपालको एक मात्रै आई.एस.ओ. ९००१ः२०१५ बाट प्रमाणित सिजी ब्राण्ड, गुणस्तरिय सामान उचित बजेटमा उपलब्ध गराई प्रत्येक नेपालीको चहानालाई परिपुर्ती गर्ने सिजी ब्राण्डको प्रमुख दृष्टिकोण रहेको छ । 

नेपाली बजारमा लिडिङ ब्राण्ड र गौरभवान्तित नेपाली ब्राण्ड बन्ने उद्देश्यका साथ सि.जी. अगाडी बढिरहेको छ । प्रत्येक नेपालीको घर घरमा सिजी ब्राण्ड पुर्याउने यसको प्रमुख उद्देश्य रहेको छ । 

आफ्नो लगनशिलता र अथक मेहनतको साथ सिजी ब्राण्ड आज नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्राण्ड बन्न सफल भएको छ । हल सि.जी.मा ५०० वटा भन्दा बढी लाईनअपमा सामानहरु उपलब्ध छन् । यी सामानहरु विक्री वितरण गर्न सिजीले आफ्नो डिलर नेटवर्क पनि बिस्तार गरेको छ ।

नेपाल भरि ५०० भन्दा बढी डिलरहरु सक्रियताका साथ सिजीसँग अबद्ध छन् । करिब २०० भन्दा बढी सर्भिस सेन्टरहरु रहेको हुनाले ग्राहक महानुभावहरुलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्दै आईरहेको छ । 

सिजीका सामानहरु उचित मुल्यमा गुणस्तर युक्त भएकै कारण आज सफल भएको छ । सिजी ब्राण्ड सफल हुनुमा सि.जी.का सम्पूर्ण डिलरहरुलाई र सिजीसँग अबद्ध रहेर काम गर्नेहरुलाई नै सिजी आफ्नो सफलताको करक मान्दछ । 

त्यस्तै, सिजीले हालसम्म आफ्नै नेपाल भरि १३ ओटा डिजिटल सोरुमहरु पनि खोलिएको छ । जहांबाट तपाईहरुले सिजीका कुनै पनि इलेक्ट्रोनिक्स सामानहरु खरिद गर्न सक्ने छन् ।

सिजी ब्राण्डलाई अझै माथि लैजाने उद्देश्यले हालै सिजीले सिजी ब्राण्डमा सिग्नेचर सिरिज ‘सिजी मेरिडिया’ ल्याएको छ । यो सिरिजमा टिभी, वासिङ मेसिन, एसी, रेफ्रिजेरेटर, भ्याकुम, राईसकुकर, इन्डक्सन, ग्याँस स्टभ, पंखा, एयर प्रायर जस्ता प्रिमियम प्रोडक्टहरु आईसकेका छन्  भने अरु पनि प्रोडक्टहरु ल्याउने क्रम जारी नै रहेको छ । यी प्रोडक्टहरु देख्दा निकैनै आकर्षक र यसमा विशेषताहरु पनि निकैनै आकर्षक रहेको कारण यी प्रोडक्टहरुलाई सिजीले आफ्ना प्रिमियम प्रोडक्टको सिरिजमा राखेको छ । 

अब नेपालीहरुले यी प्रोडक्टहरुको प्रयोगहरुबाट अन्तर्राष्ट्रिय ब्राण्डको अनुभुति प्रप्त गर्ने छन् । 
 

Advertisement

Advertisement