इसेवाको ‘५५ मिनेटको धमाका अफर’: बैंक एकाउन्ट लिंक गरी कारोबार गर्दा क्यासब्याक पाइने

Advertisement

काठमाडौँ । भुक्तानी सेवा प्रदायक इसेवाले ‘५५ मिनेटको  धमाका अफर’ सार्बजनिक गरेको छ । यस अफर अन्तरगत असार ५ गते आइतबार बैंक एकाउन्टल लिंक गरी कारोबार गर्दा रु. ५५ क्यासब्याक पाइनेछ । 

आइतबार साँझ ५ः५ बजेदेखि साँझ ५ः५५ सम्म एकाउण्ट लिंक मार्फत कारोबार गर्दा रु. ५५ क्यासब्याक पाइनेछ । इसेवाले आम ग्राहकहरुले घरमै बसेर कारोबार गर्न सकुन् भन्ने उदेश्यले यो योजना सार्बजनिक गरेको हो ।यस योजनामा सहभाागी हुन एकाउन्ट लिंक गरी कारोबार गर्नुपर्नेछ भने एकाउण्ट भेरिफाइ भएको हुनु पर्नेछ । 

Advertisement

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ । 

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । 

इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

Advertisement

Advertisement