सवारी साधनको महशुलमा भएको परिवर्तनले व्यवसायीहरुमा थप अन्यौलताः नाडा अध्यक्ष थापा

Advertisement

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र चितवन अटोमोवाइल्स एशोसिएशनको सहकार्यमा भरतपुरमा कर, भन्सार तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा नाडाका अध्यक्ष  धु्रववहादुर थापाले आर्थिक बर्ष २०७९/८० को बजेटले सवारी साधनको महशुलमा गरेको परिवर्तनले व्यवसायीहरुमा थप अन्यौलता आएको भन्दै देशमा विद्यमान तरलता अभावले व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्न कठिन हुँदै गएको बताए । 

Advertisement

अध्यक्ष थापाले विश्वमा विद्युतीय सवारी साधनहरुको प्रयोग अपरिहार्य भएकोले यसलाई व्यवस्थित गर्न सरकारले आवश्यक नीति नियमहरुको तर्जुमा गरेर थप रोजगारी सिर्जना गर्नु पर्ने बताए । अध्यक्ष थापाले व्यवसाय मैत्री नीति नियम ल्याउन सरकारलाई नाडाले दवाव दिंदै आएको परिप्रेक्षमा स्वच्छ व्यवसायको लागि समेत नाडाले आवाज उठाउँदै आएको बताए ।  

सो कार्यक्रममा आन्तरिक राजश्व कार्यालय, भरतपुरका प्रमुख घनश्याम पन्थी, वीरगञ्ज भन्सार कार्यालयका निर्देशक हरिहर पौडेल, राजश्व अनुसन्धान विभागका कम्प्युटर अधिकृत पवन बस्नेत तथा चार्टड एकाउन्टेन्ट निकेट अग्रवालले आ-आफनो विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्धय अनुप बराल, निलमणी पाठक, प्रकाश कपुरी तथा सोहन श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । 

नाडाले गत जेठ २७ गते लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, प्रदेश ४ को सहकार्यमा सोहि प्रकारको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । नाडाले यही असार मसान्तसम्म ७ वटै प्रदेशमा यस्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गर्दै जाने बताएको छ ।  

Advertisement

Advertisement