न्यायाधीशलाई १० करोड प्रस्ताव गरिएको अडियो सार्वजनिक भएपछि डाकियो न्यायपरिषदको बैठक

Advertisement

काठमाडौं ।  सिभिल सहकारीका पूर्व अध्यक्ष ईच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै न्यायाधीशलाई १० करोड रुपियाँ प्रस्ताव गरिएको अडियो सार्वजनिक भएपछि आज दिउँसो आकस्मिक रूपमा न्यायपरिषदको बैठक बोलाइएको छ । 

कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले दिउँसो साढे १ बजे बैठक बोलाएका हुन् । 

Advertisement

उक्त प्रकरणमा न्यूज २४ टेलिभिजनले काठमाडौंका न्यायाधीश राजकुमार कोइरालासँगको विवादास्पद अडियो सार्वजनिक गरेको थियो । नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश कोइरालाबीचको टेलिफोन संवाद सार्वजनिक गरेको छ ।

उक्त अडियोमा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्व अध्यक्ष तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपियाँ  प्रस्ताव गरेको र त्यसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पनि साथ हुने भन्दै उनले प्रलोभन दिएका छन् । 
 

Advertisement

Advertisement