सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा तोरीबारीमा

Advertisement

काठमाडौँ । सिटिजन्स बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-७ तोरीबारीमा ९५औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी बाबुराम थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । 

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एवम् बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । 

Advertisement

बैंकले १७५ वटा शाखा, १२७ वटा एटिएम र ९५ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट  करिव १४ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ । 
 

Advertisement

Advertisement