सिप्रदीले राष्ट्रिय सवारी चालकलाई दियो प्रशिक्षण

Advertisement

काठमाडौँ । सवारी साधनमा नवीनतम प्रविधि प्रयोग भइरहेको अवस्थालाई मध्यनजर गर्दै सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा तालिम सञ्चालन गरेको छ । 

असार १ गतेदेखी ९ गतेसम्म राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको हो । देशभरी फैलिएका सिप्रदीका सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरबाट ८९५ जना टाटा कमर्शियल गाडीका चालकहरुले सहभागिता जनाएका थिए । 

Advertisement

उक्त कार्यक्रममा बीएसआईभी प्रविधि सम्बन्धि ज्ञान प्रदान गर्नुका साथै सुरक्षित तथा किफायती ड्राइभिङ, गाडी चलाउँदा चालकहरुले के कस्ता कुराहरुमा ध्यान दिंदा गाडीको कार्य क्षमता बृद्धि गर्न सकिन्छ, गाडीको आयु बढाउन के गर्नु पर्छ तथा के गर्नु हुँदैन, गाडी संचालन खर्चलाई न्यूनिकरण गर्ने उपाय आदि कुराहरु तालिममा समेटिएको थियो ।
 

Advertisement

Advertisement