देउवा अटेर गर्दै अमेरिका गए गद्दार घोषणा गर्दै सरकार छोड्ने माओवादीको घोषणा

Advertisement

काठमाडौं । सत्ताधारी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा अटेर गर्दै अमेरिका गए उनलाई गद्दार घोषणा गर्दै सरकार छोड्ने घोषणा गरेको छ । सो पार्टीका नेता देव गुरुङले प्राइभ टिभीसँग कुरा गर्दै उक्त घोषणा गरेका हुन् । 

गुरुङले राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ताको मूल्यमा सम्झौता नहुने भन्दै देउवाले अटेर गरेर उनको भण्डाफोर गर्ने पनि बताए । उनले कांग्रेससँग सहकार्य विचार र नीति मिल्दासम्म हो भन्दै नमिल्दा सहकार्य नहुने बताए । 

Advertisement

एक ध्रुवीय प्रभुत्व कायम राख्न अमेरिका युद्धको रणनीतिमा रहेको बताउँदै गुरुङले सोही क्रममा पश्चिममा युद्ध पनि सुरु गराएको जिकिर गरे । उनले शान्ति र असंलग्न रणनीतिमा रहेकाले अमेरिकासँग नेपालको कुरा नमिल्ने बताए । 

Advertisement

Advertisement