कुमारी बैंकका  ग्राहकलाई होटेल ए–वान लभली स्टारमा १५ प्रतिशतसम्म छुट

Advertisement

काठमाडौँ । कुमारी बैंक र लमही, दाङस्थित होटेल ए– वान लभली स्टारबीच विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । 

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भाईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त बैंकले होटेल ए–१ लभली स्टारका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो । 

Advertisement

बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको लजिङ शुल्कमा १५ प्रतिशत र फुडिङ्ग शुल्कमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४८ शाखारहित बैंकिङ ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ । 
 

Advertisement

Advertisement