कतारी राजकुमारी थानीद्वारा केटु हिमालको सफल आरोहण

Advertisement

काठमाडौं । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमालको सफल आरोहण गरेकी छन् । उनले विश्व कीर्तिमानी पर्वतारोहीहरु निर्मल पुर्जा, मिङमा डेविड शेर्पाको नेतृत्वमा एलिट एक्स्पेड कम्पनीमार्फत ८,६११ मिटर अग्लो केटु हिमालमा पाइला टेकेकी हुन् ।

एलिट एक्स्पेड कम्पनीले राजकुमारी थानीले केटु हिमालको सफल आरोहण गरेको बताए । थानीले शुक्रबार बिहान ४ बजेर ३० मिनेटमा केटु हिमालको चुचुरोमा पाइला टेक्न सफल भएकी हुन् । 

Advertisement

उनले यसअघि डेनाली, कञ्चनजंगा र ल्होत्सेको सफल आरोहण गरेकी थिइन् । थानी विश्वका सात महाद्वीपका सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई ध्रुवमा पाइला राख्ने योजनामा छिन् । उनले यसअघि नेपालको सगरमाथा लगायत ल्होत्से, कञ्चनजंगा, अमा दब्लम, धौलागिरी र बिना अक्सिजन मनास्लु हिमालको सफल आरोहण गरिसकेकी छन् । थानी विन्सन हिमाल आरोहण गर्ने पहिलो अरबी महिला पनि हुन् । थानी ‘‘एक्स्प्लोरर्स ग्रान्ड स्लाम’ पूरा गर्ने पहिलो कतारी महिला बन्ने यात्रामा छिन् । 

Advertisement

Advertisement