‘कुनै सैन्य गठवन्धनमा सामेल पनि हुनुहुन्न, अनुचित शर्तको आर्थिक सहयोग पनि लिन हुन्न’

Advertisement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्नु नहुने बताएका छन् । बुधवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा उनले नेपाललाई कुनै पनि सैन्य गठबन्धनमा सामेल गराउने कुरा कल्पना पनि गर्ननहुने बताएका हुन् । 

माधव नेपालले नेपाललाई सैन्य गठबन्धनमा सामेल नगराउने राजनीतिक पार्टीहरुको अडान हुनुपर्ने र सरकार पनि सो अडानमा खुट्टा नकमाई अगाडी बढ्नुपर्ने बताए । उनले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाको नीतिको मामिलामा राष्ट्रिय सहमती हुनुपर्ने बताए । 

Advertisement

नेता नेपालले नेपालले आर्थिक सहयोग लिँदा राष्ट्रिय हीतमा आघात पुग्नेगरी अनुचित शर्त स्वीकार गर्नु नहुने बताए । उनले भने, ‘देशको रक्षाको निम्ति एकतावद्ध भएर अगाडी बढौँ । हामीले परराष्ट्र नीतिको मामिलामा, राष्ट्रिय सुरक्षा नीतिको मामिलामा नेपालमा राष्ट्रिय सहमति कायम गर्ने कुरा ठिक हो । व्यापक छलफल, परामर्श गर्ने कुरा पनि ठिक हो । नेपालले आर्थिक सहयोग लिँदा पनि अनुचित शर्तहरुमा सही गर्ने गरेको कुरा पनि सुन्नमा आउँछ । अनुचित शर्तहरु स्वीकार गरेर आर्थिक सहयोग पनि लिने कुरा आउँदैन । त्यसो हुनाले नेपालको हीतमाथि आघात पुग्ने किसिमका अनुचित शर्तहरु राखेर आर्थिक सहायता पनि आउँछन् भने मान्नुहुँदैन भने सैनिक कुरासँग जोडिएको, सुरक्षासँग जोडिएका कुराहरुमा कुनै गठबन्धमा, कुनै कसैको एलायन्स बनेर जाने कुराको सन्दर्भमा नेपालले सामेल हुने कल्पना नगरेपनि हुन्छ । नेपालीहरुको यो अडान हो । नेपालका राजनीतिक पार्टीहरुको यही अडान हुनुपर्दछ । र त्यो अडानमा अहिलेको सरकारले पनि खुट्टा नकमाईकन अगाडी बढ्नुपर्छ ।’

Advertisement

Advertisement