सिद्धार्थ इक्वीटी फण्डको न्याभ बढ्यो, असारमा १०.९२ रुपैयाँ

Advertisement

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डले सम्पत्ति मूल्य विवरण (न्याभ) बढेको छ । शुक्रवार कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार फण्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) जेठ महीनाको तुलनामा असार महीनामा बढेको हो। जेठ मसान्तसम्ममा फण्डको न्याभ १० दशमलव ६४ रुपैयाँ रहेकोमा असार महिनामा १० दशमलव ९२ रुपैयाँ कायम भएको हो। 

त्यसैगरी फण्ड असार महिनामा पनि घाटामा छ । फण्ड जेठ मसान्तसम्ममा५५ करोड ६४ लाख नोक्सानीमा थियो भने जेठ महिनामा ५१ करोड ३६ लाख नोक्सानीमा छ। जेठ मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. ३ करोड ४१ लाख थियो भने असार मसान्तसम्म फण्डको खर्च बढेर ३ करोड ६८ लाख पुगेको छ । 

Advertisement

त्यसैगरी असार मसान्तसम्ममा फण्डको जम्मा आम्दानी ४७ करोड ६८ लाख घाटामा छ । गत महिनामा पनि फण्डको जम्मा आम्दानी ५२ करोड २२ लाख घाटामा थियो । असार मसान्तसम्म फण्डको जम्मा सूचीकृत शेयरमा लगानी १ अर्ब २८ करोड १३ लाख छ। यो लगानी जेठ महीनामा १ अर्ब २७ करोड ४५ लाख थियो। फण्डको मुद्दती निक्षेपमा १३ करोड छ। 

Advertisement

Advertisement