झाँक्री र नेपालबीच बोलचाल बन्द, मैले मन्त्री हुँदा गरेका सबै राम्रा निर्णय उल्ट्याउन लगाइयोः झाँक्री

Advertisement

काठमाडौं । आफूले मन्त्री हुँदा गरेका सबै राम्रा निर्णयहरु उल्ट्याउन लगाएको भन्दै नेकपा एकीकृत समाजवादी (एस)की नेतृ रामकुमारी झाँक्री आफ्नो पार्टी अध्यक्ष माधव नेपालसँग रुष्ट भएकी छन् । 

बुधबार प्राइभ टिभीमा उनले माधव नेपालसँग सम्वन्ध चिस्सिएको स्वीकार गरेकी हुन् । मन्त्रीबाट हटाएपछि नेपाल झाँक्री र माधव नेपालबीच बोलचाल बन्द रहेको छ । त्यसपछि आफू माधव नेपाललाई भेटन् नगएको उनले स्वीकार गरिन् । 

Advertisement

माधव नेपालले पनि नबोलाएको र काम पनि नपरेकाले मात्रै भेट्न नगएको तर्क गर्दै झाँक्रीले आफूले मन्त्री हुँदा गरेका निर्णयहरु हालका आफ्नो पार्टीबाट मन्त्री भएका मेटमणि चौधरीमार्फत उल्ट्याउन माधव नेपालले लगाएको खुलासा गरिन् । स्वयम माधव नेपालले पनि सार्वजनिक कार्यक्रममा मन्त्रीको जिम्मेवारीबाट हटाउँदैमा झाँक्रीले बोलचाल बन्द गरेको गुनासो गरेका थिए । 

मन्त्रीबाट हटाउने निर्णय पार्टीको भएकाले माधव नेपालप्रति आफ्नो असन्तुष्टि भएर बोलचाल बन्द गरेको कुरा सत्य नभएको झाँक्रीको तर्क छ । उनले माधव नेपालका कतिपय कार्यशैलीप्रति असन्तुष्टि रहेको बताउँदै त्यस्तो असन्तुष्टि हिजो केपी ओली हुँदा पनि रहेको बताइन् । 

माधव नेपालले गौरमा विना योजना, बजेटको कार्यक्रमको शिलान्यास गरेको उदाहरण दिँदै उनले वाग्मती कोरिडोरमा आफूले हटाएका ४१ वटा घरटहरा हटाउने निर्णयमा साथ नदिएको, आफूले गरेका राम्रा कामको निर्णय भकाभक उल्ट्याउने कुराले पार्टीको धारणा के हो ? म प्रश्न गर्छु भनिन् । 

साथै, झाँक्रीले आफूलाई पार्टीले टिकट नदिए पनि र सत्ता गठवन्धनको साझा उम्मेदवार नभए पनि गुम्मी २ बाट आफू प्रत्यक्ष उम्मेदवारी दिने बताइन् । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राम्रो काम गर्ने प्रयास गरिरहेकोले अहिले नै काम गर्न सकेनन् भनेर हतोत्साहित गर्न नहुने बताइन् । 


 

Advertisement

Advertisement