काठमाडौं । कीर्तिमानी पर्वतारोही मिङ्मा डेविड शेर्पाले विश्वको दोस्रो अग्लो शिखर (८,६११ मिटर) केटु हिमालको पाँचौं पटक सफल आरोहण गरी कीर्तिमान कायम गर्न सफल भएका छन् ।
उनले पाकिस्तानमा रहेको यो हिमालको साउन १२ गते बिहान सफल आरोहण गरेका हुन् । आधार शिविरबाट १४ घण्टा २२ मिनेटमा चुचुरोमा पाइला टेकेको शेर्पाले कपोरेट नेपाललाई जानकारी दिए । उनले भने, ‘यस सिर्जनमा केटु हिमालको दुई पटक सफलपूर्वक आरोहण गरी मेरो यो पाँचौं पटक केटुको सफल आरोहण हो । र, फेरि विश्व कीर्तिमान कायम गर्न सफल भएकोमा निकै खुःसी महशुस भएको छ ।’
उनले प्रायः आरोहीहरूले केटु हिमाललाई आरोहणका लागि खतरनाकरुपमा लिने गरेको बताए । शेर्पाले थपे, ‘यो हिमाल चढ्न सजिलो छैन् । जति माथि चढ्यो, त्यति चुनौति हुन्छ ।’
यही साउनको ६ गते केटु हिमाल चढेका शेर्पाले पुनः साउन १२ गते चढेका हुन् । उनले भने, ‘बेसक्याम्पमा फर्केपछि मैले फेरि चढ्ने मन बनाए जुन रमाइलो र कठिन पनि थियो । कीर्तिमान कार्यम गर्न सफल समेत भए । मलाई अहिले गर्व महशुस भएको छ, मैले विश्व कीर्तिमान मात्र राखिन, सिगो नेपाल र नेपालीको प्रतिनिधित्व गरे भन्ने लाग्छ ।’
पर्वतारोही मिङ्मा डेभिड शेर्पाले पहिलो पटक केटु हिमाल सन् २०१४ मा चढेका थिए । त्यस्तै, २०१८ मा दोस्रो पटक, २०२१ मा तेस्रो पटक चढेको थिए । उनको सबैभन्दा कम उमेर ३० वर्षमा आठ हजार मिटर उचाइका १४ वटा हिमाल चढेको रेकर्ड छ । त्यस्तै २०२१ हिउँदमा १० नेपाली पर्वतारोहीको एक टोलीले विश्वको दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहण गरी नयाँ विश्व कीर्तिमान कायम गरेको थियो जसमा मिङ्मा डेभिड पनि थिए ।
दश नेपालीमा उनीबाहेक निर्मल पुर्जा, मिङ्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेम छिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्मा जी शेर्पा, दावा तेन्जीन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहेका थिए । केटुको सबैभन्दा गाह्रो स्थानमा सन् २००८ मा ११ जना पर्वतारोहीको मृत्यु भएको थियो ।