परराष्ट्रमन्त्री खड्का चीनमा, चिनियाँ विदेशमन्त्रीसँग आजै भेट्ने

Advertisement

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन पुगेका छन्। तीन दिन भ्रमणका लागि उनी चीन पुगेका हुन्। हिमालय एयरलाइन्सको चार्टर्ड विमानबाट भ्रमण टोलीसहित परराष्ट्रमन्त्री खड्का मंगलबार राति चीन प्रस्थान गरेका हुन्।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा खड्का उत्तरी छिमेकीको औपचारिक भ्रमणमा निस्केका हुन्। उनले आज चिनियाँ विदेशमन्त्री वाङलाई भेट्ने कार्यक्रम छ। मन्त्री खड्काले चीनसँगको सीमा नाका खुलाउन पहल गर्ने तथा विगतमा भएका सन्धिसम्झौताको बारेमा छलफल गर्ने एजेन्डा छ ।

Advertisement

Advertisement

Advertisement