भारतीय शेयर बजारमा ‘बादशाह’को उपमा पाएका झुनझुनवालाको निधन

Advertisement

काठमाडौँ । भारतीय शेयर बजारमा ‘बादशाह’को उपमा पाएका लगानीकर्ता राकेश झुनझुनवालाको निधन भएको छ ।  उनको आज बिहान मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा ६२ वर्षको उमेरमा निधन भएको हो । 

उनको जन्म ५ जुलाई १९६० मा मुम्बईमा भएको हो । उनले १९८५ बाट सेयर बजारमा लगानी गर्न थालेका थिए । उनी पेशाले भने चार्टर्ड एकान्टेन्ट थिए । राकेशको शेयर बजारको सुरुवाती लगानी ५ हजार भारु रहेको उनको सम्पत्ति हाल ६ अर्ब डलर रहेको छ ।

Advertisement

झुनझुनवालाको स्टार हेल्थ इन्स्योरेन्स, मेट्रो ब्रान्ड र कन्कर्ड बायोटेक जस्ता निजी कम्पनीहरूमा पनि शेयर छ । (एजेन्सीहरुबाट)

Advertisement

Advertisement