कर्पोरेट नेपालकर्मी शेर्पा टानद्धारा पुरस्कृत

Advertisement

काठमाडौँ । कर्पोरेट नेपालकर्मी फुर्पा शेर्पालाई ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पुरस्कृत गरेको छ । 

पर्यटन विधामा समाचार लेख्दै आएकी शेर्पालाई टानले सोमबार आयोजित आफ्नो ४२, ४३ र ४४ औं बार्षिक साधारण सभामा ‘टान जर्नालिजम अवार्ड –२०२२’ बाट पुरस्कृत गरेको हो ।

Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र टानका अध्यक्ष खुमबहादुर सुवेदीले नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए । 

सोही अवसरमा नेपाली रेडियो नेटवर्कका टिपी भुसाल, नेपाल टेलिभिजनका प्रदीप चापागाईं, न्यूज एजेन्सी नेपालका सबिन धमला, क्यापिटल नेपालका सुवास योञ्जन, हिमालय टिभीका शंकर पण्डितलगायत पुरस्कृत भए ।

Advertisement

Advertisement