स्थानीय जनप्रतिनिधिलाई पौडेलको सुझाव– विपन्नलाई सहयोग गर्नुस, अर्को चुनाव सजिलै जितिन्छ

Advertisement

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको रहेको बताएका छन् । बुधवार नेपाली काँग्रेसबाट प्रदेश १ का स्थानीय जनप्रतिधिसँगको भेटघाटमा उनले केन्द्रले ठूलो आयोजनाहरु मात्रै प्राथमिकता गर्ने र साना परियोजनाहरु स्थानीय तहमा नै दिने योजना रहेको बताए । 

यसबाट सांसदहरुले सानासाना भित्री सडक बनाउन माग गर्ने प्रावधान हट्ने पौडेलको भनाई छ । उनले स्थानीय जनप्रतिनिधिहरुले विपन्नलाई सहयोग गर्नुपर्ने सुझाव दिए । पौडेलले नगरपालिका वा गाउँपालिका क्षेत्रभित्रका विपन्न समुदायहरुलाई सहयोग गरे अर्को पटक चुनाव लड्न सजिलो हुने बताए । 

Advertisement

उपाध्यक्ष पौडेलले जनप्रतिनिधिहरु सकेसम्म सबै जनताको बीचमा जान पनि सुझाव दिए । उनले भने, ‘स्थानीय तहले बजेट बनाउँदा विशेषमा एक दमै ध्यान दिनुपर्छ । ठूला नगरपालिकाहरुले पनि एउटा शीर्षकको लागि भनेर माग गरेको बजेट उल्टोपाल्टो गरेर पठाएको धेरै छ । जस्तो सडक निर्माणको लागि माग गरेको बजेट विशेषमा अन्तर्गत रहेको छ । त्यस्तो गर्दा पाउनेले पनि नपाएको हुन्छ । गाउँपालिकाको निर्णय भनेर योजना आयोगको उपाध्यक्षकोमा ल्याएर छोड्नु हुन्छ । त्यस्तो गरेर हुँदैन् । योजना आयोगको फर्मल च्यानलमा हाल्नुपर्छ ।’

पौडेलले थपे, ‘अहिले भविष्य नगरपालिकाहरुकै छ । माथि ठूला कामहरु मात्रै गर्ने भन्ने भएको छ । सांसदहरुले भित्रभित्रका साना सडक बनाउनु भनेपनि त्यो बिस्तारै हट्छ । केन्द्र सरकार केन्द्रको अधिकारभित्र रहन्छ । त्यसैमा प्राथमिकता दिने हो । स्थानीय तहले पाउने राजश्वहरु पाउनुहुन्छ । योजना आयोगमा पैसा माग्न आउनु परेन् । स्थानीय तहले जथाभावी खर्च गर्नु, पर्यटन क्षेत्रमा टिकट प्रणाली बनाउनु, त्यो पैसा विपन्न तथा शिक्षा क्षेत्रमा हाल्नु, विपन्नलाई सहयोग गर्यो भने अर्को पटक चुनाव लड्न सजिलो हुन्छ । जनतालाई आफैँ भेटेर सबैसँग छलफल गर्नुस् ।’

Advertisement

Advertisement