कांग्रेस नेता गिरिलाई श्रद्धान्जलीका लागि राखिँदै, बेलुकी अन्त्यष्टि गरिने

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको शनिबार राति ९ः३० बजे निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनी यसअघि मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका थिए । 

मुम्बईबाट फर्किएपछि गिरिको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । पछिल्लो समय निमोनियाका कारण थप बिरामी भएपछि अवस्था जटिल भएको थियो । गिरि प्रखर वक्ता, वौदिक, समाजवादी चिन्तक, पदको लाभ नभएको नेताको रुपमा चिनिन्छन् । 

Advertisement

गिरिको निधनपछि उनको पार्टी कांग्रेस संसदीय दलले वक्तव्य जारी गर्दै शोक व्यक्त गरेको छ । उनको पार्थिव शरीरलाई आज आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै र दिउसो कांग्रेसको पार्टी कार्यालय सानेपामा राख्ने श्रद्धान्जलीका लागि राख्ने कार्यक्रम छ । आजै बेलुकी गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम छ । 

Advertisement

Advertisement