एनआईसी एशिया बैंकमा पैसा नभएको चेक दिएर बैंकिङ कसुर गर्ने  थापा पक्राउ

Advertisement

काठमाडौँ । नेपाल प्रहरीले अदालतबाट रु १२ लाख जरिवना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनबाट रु १२ लाख जरिवना र तीन दिन कैद सजाय भएका सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका बस्ने २६ वर्षीय सविना थापालाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

Advertisement

उच्च अदालत पाटनको विसं २०७९ असार ७ गतेको फैसलाअनुसार  बैंकिङ कसुर मुद्दामा फरार थापालाई काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको एनआइसी एसिया बैंक लिमिटेड भक्तपुर शाखाको चेक दिएर बैकिङजन्य कसुर गरेकी थिइन् । थापालाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार आज कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा पठाइएको प्रहरीले जनाएको छ । 

Advertisement

Advertisement