Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ सडकस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि भत्काइदिएका छन् । सुन्धारास्थित काठमाडौं मल अगाडिका अवैध होडिङ बोर्ड र संरचना भत्काएपछि महानगरको टोलीले आरबी कम्प्लेक्सका संरचना भत्काइदिएको हो । 

त्यस क्रममा शाह आफै पनि उपस्थित थिए । भत्काउने क्रममा नेपाल प्रहरी र महानगरीय प्रहरीको टोली खटिएको थियो । नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो । यस्तै सोमबार पनि महानगरले बानेश्वर क्षेत्रमा अन्य रूपमा प्रयोजन भइरहेका पार्किङ संरचना भत्काएको थियो । 

Advertisement

महानगरले ३५ दिने सूचना दिँदा पनि अटेरी गरेपछि अनधिकृत संरचना भत्काउन थालेको हो । मेयर शाहले कानुन सबैलाई बराबर हुने भन्दै नक्सा पासबिना संरचना बनाएको भए अदालतमा पनि डोजर चल्ने चेतावनी दिए । 

Advertisement

Advertisement